डेभिड वार्नरले तोडे सचिन र डे भिलियर्सको कीर्तिमान

काठमाडौं । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय विश्वकपमा सबैभन्दा कम खेल खेलेर एक हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन् । डेभिड वार्नरले १९ इनिङ्समा एक हजार रन पुरा गरेका छन् । यो कीर्तिमान यसअघि भारतका सचिन तेन्दुलकरको नाममा थियो ।

सचिन तेन्दुलकरले २० इनिङ्समा हजार रन पूरा गरेका थिए । यस्तै एबी डिभिलियर्सले २० पारी, भिभियन रिचर्ड्सले २१ पारी, सौरभ गांगुलीले २१ पारीमा हजार रन पूरा गरेका थिए ।

भारतीय टोलीका कप्तान रोहित शर्माले यही खेलमा वार्नरको कीर्तिमान तोडने सम्भावना छ । रोहित शर्माले एकदिवसीय विश्वकपमा हालसम्म १७ पारी खेल्दै नौ सय ७८ रन बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here