दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ सटही सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनामा उक्त दिनदेखि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल (बिटा) (१८ हजार पाँच सय) सटही सुविधा दिने उल्लेख गरेको छ।

बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। विगतका दशैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। बैंक तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने राष्ट्र बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here