काठमाडौं महानगरले बेरोजगार समाधान गर्न वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ। आइतबार सामाजिक सञ्जाल मार्फत महानगरका मेयर बालेन शाहले वर्षेनी १५ हजार जनालाई सीपमूलक तालिम दिने र यीमध्ये पाँच हजारलाई रोजगारी दिने जानकारी दिएका हुन्।

बालेनले भनेका छन्, ‘महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको संवृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालन मा ल्याएको छ। हरेक बर्ष कम्तीमा १५००० जना लाई सीपमूलक तालिम दिने र कम्तीमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको संवृद्धि गौरव योजना ल्याइएको हो।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्ने उनले उल्लेख गरेका छन्।

श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई सीप विकासका लागि तालिम दिएर काममा लगाउने र अदक्ष कामदारलाई तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरेर रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महानगरको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here