हमासको आक्रमणमा इजरायलमा १० जना नेपाली मारिएको पुष्टि

काठमाडौं । शनिबार बिहान प्यालेस्टायनी उग्रवादी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, कैलालीकै आशिष चौधरी, दार्चुलाका दीपेश राज विष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेश कुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन्। मृतक १० जनाको शव नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।