कर्णाली र लुम्बिनीबाट पनि बाहिरियो मनसुन, बाँकी भूभागमा केही दिन लाग्ने

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशमा पश्चिमी भूभागबाट ‍मनसनु बाहिरिएको छ ।

अन्य भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने महाशाखाले जनाएको छ। पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो ।

यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here