दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, अनलाइनबाटै काट्न मिल्ने

काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ शुरुभएको छ। गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ।

विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्छन्। दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

यसबाहेक अनलाइनबाट पनि सोमबारदेखि टिकट काट्न सकिनेछ। बससेवा डटकमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने जनाइएको छ। दशैं अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
बससेवाले खुलायो दशैंको लागि अग्रिम टिकट बुकिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here