दशैंका लागि टिकट बुकिङ, अनलाइनमार्फत काट्ने व्यवस्था नहुँदा यात्रुलाई हरेक वर्ष सास्ती

काठमाडौं । काठमाडौंमा बस्दै आएका लाखौं नागरिक दशैंका लागि गृह जिल्ला जाने गर्दछन् । तर घर जानका लागि उनीहरुले हरेक वर्ष यातायातमा सास्ती पाउने गरेका छन् ।

देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको छ। बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भिड लागेको छ ।

नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भिडभाडसमेत बढेको छ । तर समस्यै समस्याले यात्रु दिक्क हुनुपरेको छ । सरकारले यात्रुको समस्यालाई उपेक्षा गरेका कारण हरेक वर्ष टिकटका लागि दुःख झेल्नुपरेको यात्रुको गुनासो छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भिडभाड हुँदैनथ्यो, तर सधैँ दशैं लागेपछि नयाँबसपार्क धाउनु पर्ने भन्दै टिकट काट्न पुगेका यात्रुले आक्रोश छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here