‘पशुपतिप्रसाद–२ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौं । कात्तिक ४ गते रिलिज हुने चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।

सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here