हमास–इजरायल द्वन्द्व: मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, युद्ध भर्खरै सुरु भएको चेतावनी

काठमाडौं । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।

इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो ।

उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ ।

इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here