गाजामा ‘नाकाबन्दी’, पानी, खाद्यान्न र बिजुली आपूर्ति रोकिने

काठमाडौं । शनिबारबाट सुरु भएको इजरायल र हमास विद्रोही समूहबीचको युद्ध जारी छ। युद्ध लम्बिने संकेत गर्दै इजरायलले हमास नियन्त्रित गाजामा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ।

इजरायली रक्षा मन्त्री योभ गलान्तले नाकाबन्दीका क्रममा गाजामा पानी, खाद्यान्न, इन्धन र बिजुली आपूर्ति रोकिने बताएका छन्। गाजामा करिब दुई करोड ३० लाख मानिस बस्दै आएका छन्। गाजाको हवाई क्षेत्र र पानीका साथै दुईवटा सीमा क्षेत्र इजरायलको नियन्त्रणमा छ।

युनिसेफले भने युद्धका कारण बालबालिका सबैभन्दा धेरै प्रभावित हुने भन्दै दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। बिजुली, पानी, इन्धन र खाद्यान्न रोकिनुले धेरै बालबालिकाको जीवन खतरामा पर्न सक्छ।

हमासले इजरायलको नियन्त्रणमा रहेका प्यालेस्टाइनीहरुको रिहाई माग गरिरहेको छ। साथै, इजरायलले सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरे बन्धकहरुलाई मार्ने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here