पूर्ण रूपमा हट्यो नेपालगञ्जको कर्फ्यू र निषेधाज्ञा

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्।

गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो।

सामाजिक सञ्जालमा लेखिएको एउटा स्टाटसका कारण नेपालगञ्जमा हिन्दु र मुस्लिम धर्मालम्बीहरूबीच तनाव देखिएको थियो। तनावले उग्र रूप लिने सम्भावना बढेपछि प्रशासन कर्फ्यू लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here