हाथवेसहित दुई कम्पनीको आइपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा मंगलबार हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

दुवै कम्पनीले संस्थापक र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् । नेप्सेका अनुसार हाथवेको प्रतिकित्ता ५० रुपैयाँ दरले २ करोड ३४ लाख कित्ता सेयर सूचीकरण भएको हो ।

नेप्सेले हाथवेको पहिलो कारोबारका लागि न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतम २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । HATHY संकेत चिह्नमा यसको कारोबार हुनेछ ।

यस्तै, माण्डू हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १२४.४२ रुपैयाँदेखि अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले MANDU संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै बुधबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here