नेपालबाट आगामी प्रतियोगिता नखेल्ने सन्दीपको घाेषणा, राष्ट्रिय टिमबाट फिर्ता लिए नाम

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् ।

दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ। कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन्। सन्दीपले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’ ‘अहिले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन आवश्यक ठानेको बताएका छन्। मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here