नेपाल साउदी अरेबियासँग पराजित, फाइनल पुग्ने सम्भावना कमजोर

काठमाडौं । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कप अन्तर्गत नेपाल आफ्नो चौथो खेलमा साउदी अरेबियासँग पराजित भएको छ ।

सुगाथडसा इन्डोर स्टेडियममा पाँच सेट चलेको खेलमा नेपाल ३-२ सेटमा पराजित भएको हो ।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो भने साउदीको पहिलो जित हो ।चार खेलमा दुई जित र दुई हारपछि नेपालको उज्वेकिस्तान र अफगानिस्तान समान ६ अंक छ । साउदीले चार खेलबाट ३ अंक जोडेको छ । दुई हारपछि नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here