नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरो कपमा छनोट

एजेन्सी । एमबाप्पेले २ गोल गरेपछि फ्रान्स अर्को वर्ष हुने युरो कपको लागि छनोट भएको छ। नेदरल्याण्ड्सलाई २-१ गोलअन्तरले पराजित हराउँदै फ्रान्सले २०२४ युरो कपमा स्थान सुरक्षित गरेको हो।

नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति भएको खेलमा सातौं मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए। यसपछि ५३औं मिनेटमा एमबाप्पेले नै गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाएका थिए।

खेलको ८३औं मिनेटमा हार्टमानले एक गोल फर्काए पनि नेदरल्याण्ड्सलाई खेलमा फर्कन पर्याप्त भएन।
यो जितपछि समूह बी लगातार ६ खेल जित्दै फ्रान्स १८ अंकसहित यूरो कपका लागि छनोट भएको छ। जहाँ ग्रीसको १२ अंक छ भने एक खेल कम खेलेको नेदरल्याण्ड्सको ९ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here