मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी निलम्बन गरिएको जनाएको छ ।

जसअनुसार मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म सोही सूचना लागु हुने छ । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाई घाइते भएका छन् । हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here