भारतसँग पाकिस्तान ७ विकेटले पराजित

काठमाडौं । आईसीसी वान डे विश्वकप अन्तर्गत शनिबार भएको १२ औं खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.५ ओभरमा जम्मा १९१ रन बनाउँदै अलआउट भएको थियो।

१९२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको भारतले ३०.३ ओभरमै लक्ष्य पूरा गर्‍यो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८६ रनको योगदान दिए। श्रेयर अय्यरले नटआउट अर्धशतकको पारी खेले। उनले ६२ बलको सामना गर्दै ५३ रन जोडेका हुन्। सुभमन गिल र विराट कोहलीले समान १६/१६ रन जोडे। के एल राहुलले नटआउट १९ रन जोडे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here