हनुमानढोकाको दशैं घरमा राखियो जमरा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व दशैं आज (आइतबार)देखि सुरु भएको छ।

हनुमानढोकास्थित दशैंघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ११ः२९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाएको थियो । बन्दुक पड्काएर बढाइँ गरिएको थियो ।

दशैं पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here