साविक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले पराजित गरेको छ । आइतबार दिल्लीमा अफगानिस्तानले साविक विजेतालाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो।

अफगानिस्ताने २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ४०.३ ओभरमा २१५ रनमा अलआउट गर्दै जित निकालेको हो। इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०/१० रन बनाए । अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here