कोशीमा बोलाइयो प्रदेशसभा बैठक, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

काठमाडौं । कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here