टी-२० त्रिकोणात्मक सिरिजः यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो ।

यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए। यस्तै अली नासिरले पनि ३२ रन जोडे। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here