लगातार दोस्रो जितको खोजीमा हङकङविरुद्ध उत्रिदै नेपाल

काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

नेपालले हङकङसँग पछिल्लो पटक २०२० मा एसीसी इस्टर्न रिजन टी-२० मा प्रतिस्पर्धा गरेको थियो। जसमा हङकङले नेपालमाथि ४३ रनको जित निकालेको थियो।

पछिल्ला पाँच म्याचको तथ्यांक हेर्दा हङकङ ३ पटक र नेपाल १ पटक विजयी हुँदा एउटा खेल नतिजाविहीन बनेको थियो। विश्‍वकप छनोटको तयारीका रुपमा हेरिएको यो सिरिजमा नेपालले सुखद सुरुवात गरिसकेको छ।

बुधबार सम्पन्‍न खेलमा नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजको सुखद सुरुवात गरेको हो। हङकङले भने सिरिजको पहिलो खेल खेल्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here