हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करनले लिए ४ विकेट

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत हङकङले नेपाललाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here