नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट बन्यो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर अर्जुन कुमालले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १४२ रन बनाए। त्यस्तै, आकाश त्रिपाठीले ८९, दीपक बोहोराले २९ तथा दीपक डुम्रे र विशाल विक्रम केसीले समान १४ रन बनाए।

बलिङमा नेपालका दीपेश कडेँलले ६ विकेट लिए। उनले ९.१ ओभरमा १८ रन खर्चिए। आकाश चन्दले २ विकेट लिन सफल भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here