नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।

हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here