नयाँ सहायता सूचना प्रणाली ‘अमिस’ कार्यान्वयनमा, एएमपीको प्रतिस्थापन

काठमाडौं, १९ भदौ । सरकारले विभिन्न दाता तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा खर्च गर्ने बजेटको हिसाब राख्नका लागि नयाँ एड म्यानेजमेण्ट सिष्टम (अमिस) बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नयाँ सफ्टवेयरको औपचारिक शुरुवात गरेका हुन् ।

अमिसले हाल कार्यान्वयनमा रहेको एड म्यानेजमेण्ट प्लाटफर्म (एएमपी)लाई विस्थापन गरेको छ । नयाँ प्रणाली अझ बढी प्रयोगकर्तामैत्री रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसले प्रयोगकर्तालाई सहायतासम्बन्धी तथ्यांक प्रविष्ट गर्न र आवश्यकताअनुुसारका रिपोर्ट तयार गर्न सहयोग गर्नेछ ।

नेपाली सफ्टवेयर इञ्जिनियरहरुले बिकास गरेको अमिसको व्यवस्थापन र समस्या समाधान पनि नेपालीहरुले नै गर्ने बताइएको छ ।

सार्वजनिक कार्यक्रममा उपस्थित स्थानीय विकास साझेदारहरुलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सरकारले सहायता रकम पारदर्शीरुपमा खर्च होस भन्ने चाहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here