मुगुमा एकै परिवारका चारजनाको शव फेला, सामूहिक हत्याको आशंका

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ । मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदेवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको हत्याको आशंका गरिएको छ ।

मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहरको शव फेला परेको हो । श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here