अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। अभ्यासका क्रममा ऐरी घाइते भएपछि उनले आज सिंगापुरसँगको खेल गुमाएका छन्। ऐरी अहिले मेडिसिटी अस्पतालमा छन् । नेपाली क्रिकेट टिमका चिकित्सक डा. अभिशेक राज सिंहका अनुसार सिटी स्क्यान लगायतका परीक्षण भइरहेको छ । अभ्यासको क्रममा ऐरीको खुट्टा मर्केकाले उनले आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटको पहिलो खेल गुमाएका छन्। उनको ठाउँमा विवेक यादवलाई मैदानमा उतारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here