भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने

काठमाडौं । अब भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छन्।

ओमानको मस्कटस्थित नेपाली दूतावासले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि भिसाको प्रकार परिवर्तन गर्न नपाउने जनाएको हो।

कसैले ओमानामा भिजिट भिसामा पुर्‍याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएको भए समयमै सचेत हुन समेत दूतावासले आग्रह गरेको छ।