ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । अविनाश बोहोराको नाममा एक विकेट रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here