एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, प्रतिदिन ६० हजार मात्र झिक्न पाइने

काठमाडौं १९, भदौं । एटीएमबाट प्रतिदिन ६० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । राष्ट्र बैंकले बिहीबार देखि यस्तो व्यवस्था गरेको हो । यसअघि प्रतिदिन १ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था थियो ।

यस्तै, अब एटीएमबाट पैसा निकाल्दा एक पटकमा २० हजार रुपैयाँ मात्र निकाल्न पाइने छ । यसअघि एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न पाइथ्यो ।

बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखेर उल्लिखित सीमा घटाउन सकिने छुट राष्ट्र बैंकले दिएको छ ।

नक्कली कार्डमार्फत एटीएमबाट रकम चोरी भएपछि सुरक्षाको कारण देखाउदै राष्ट्र बैंकले प्रतिदिन रकम निकाल्न मिल्ने सीमा घटाएको हो ।

यस्तै, कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here