ओमानसँग ५ रनले पराजित नेपाल समूह उपविजेता

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ।

ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको हो । नेपालले सेमिफाइनल यूएईसँग खेल्ने छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

सातौं नम्बरमा आएका विवेक यादवले २४ बलमा ३९ रन बनाए पनि अन्तिम बलमा छक्का हान्न नसक्दा नेपालले खेल गुमाउन पुग्यो। ओपनर ब्याटर कुशल भुर्तेल २६ बाहेक कसैले पनि उल्लेख रन बनाउन सकेनन्।

सोमपाल कामी, सन्दीप जोरा र क्याप्टेन रोहित पौडेल १२/१२ रन बनाएर आउट भए भए कुशल मल्लले १० रन मात्र बनाउन सके। ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करन केसीले ३, सोमपाल कामीले २, सन्दीप लामिछानेले २ र गुलशन झा र अभिषेक बोहराले १ विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here