नेपाल भर्सेस यूएई: सबै टिकट ‘सोल्डआउट’, क्यानले भन्यो-‘घरमै बसेर खेल हेर्नू’

काठमाडौं । टी २० विश्वकपको छनोटका लागि नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दैछ। मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो ।

सो खेलका लागि टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानले आज एक विज्ञप्ति निकाल्दै नेपाल र यूएईबीचको खेलका लागि टिकट सोल्डआउट भइसकेकाले घरमै बसेर म्याच हेर्न समर्थकहरुलाई अनुरोध गरेको छ।

यसअघि बिहीबार क्यानले एक विज्ञप्ति निकाल्दै सेमिफाइनलका लागि ३५ सय टिकटमात्र अनलाइनमार्फत काट्न सकिने जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here