नबिल बैंकको नाफा घट्यो, चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै

काठमाडौं । नबिल बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ६.५१ प्रतिशतले घटेको हो ।

बैंकले असोज मसान्तसम्म १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ११ करोड कम हो । बैंकले गत वर्ष पहिलो त्रैमासमा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि संचालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा प्रभावित भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ४.६८ प्रतिशतले घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ६० करोड र जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष २७.०१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ५.७० रुपैयाँ घटेर२१.३१रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ, खराब कर्जा ३.६९ प्रतिशत, बेसरेट ९.५८ प्रतिशत र सीडी रेसियो ८६.५३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here