नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीप र कुशलको उत्कृष्ट बलिङ

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि नेपालले यूएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here