यस्तो देखियो मूलपानीमा क्रिकेटकाे ‘क्रेज’ (तस्बिरसहित)

काठमाडौं । यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ। १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो। नेपालको खेल हेर्न दर्शकको घुइँचो लागेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले घरमै बसेर खेल हेर्न आग्रह गरेको थियो। तथापि मूलपानी क्रिकेट मैदान बाहिर पनि दर्शकको घुइँचो थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here