मूलपानीको सबै पुरस्कारमा नेपाली टिमको कब्जा

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।

बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो । यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे भने फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेललाई नै मिल्यो । माइलस्टोन अफ द डेको २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा गर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here