आजदेखि एमडीएमएस प्रणालीमा दर्ता नभएका मोवाइल नचल्ने

काठमाडौं । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्णरूपमा एमडीएमएस प्रणाली लागू गर्ने लागेको हो ।

एमडीएमएस प्रणाली लागू भएपछि दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो।

प्राधिकरणले आफ्नो माेवाइल फोन याे प्रणालीमा दर्ता भएको छ वा छैन हेर्न सकिने जनाएकाे छ। एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर माेवाइल फाने दर्ता भए नभएकाे हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आईएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

ह्यानडसेट नयाँ छ भने त्यसको आईएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here