एकसाथ हराएका ५ किशोरी ढल्केबरमा भेटिए

काठमाडौं । मंगलबारदेखि बेपत्ता भएका महोत्तरीको औरही नगरपालिका-२ का पाँच जना किशोरी फेला परेका छन् ।

प्रहरीकाअनुसार उनीहरू धनुषाको ढल्केबरमा फेला परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाउने प्रहरीको तयारी छ ।

औरही नगरपालिका-२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here