टानको नेतृत्व सुवेदीलाई, नेकपा निकट उमेदवार हारे

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । उनी प्रजातान्त्रिक समूहका उमेदवार थिए ।
काठमाडौंमा शुक्रबार सम्पन्न मतदानबाट उनले नेकपा निकट प्रतिस्पर्धी अन्जन ढकाललाई पराजित गर्न सफल भए ।

टानको ४१औं वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सुवेदीले ५२१ मत प्राप्त गर्दा थापाको पक्षमा मात्र ४३८ मत आएको छ ।

कार्यसमितिमा बहुमत सदस्य थापा समूहबाट जिते पनि अध्यक्ष भने प्रजातान्त्रिक समूहले जित्न सफल भएको हो ।

महासचिवमा थापा समूहकी सरिता लामा विजयी भइन् । वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा विजयी भए । सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भए ।

महिला सदस्यमा ङिमादिकी शेर्पा र अन्य सदस्यमा ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

टानमा नेकपा समूहले हार्ने संकेत भने शुक्रबार बिहान उद्घाटन शत्रमै प्राप्त भइसकेको छ । उद्घाटन शत्रलाई सम्बोधन गर्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तपाईहरु त व्यवसायी, किन चुनाव लडेको भन्दै प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here