चिसोका कारण त्रिपालमै एक भूकम्प पीडितको मृत्यु

काठमाडौं । जाजरकोटको बारेकोट रामिडाँडाका भूकम्पपीडित डुमे पुनको चिसोका कारण त्रिपालमै मृत्यु भएको छ ।

उनी अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका थिए । कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरको शक्तिशाली भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका ३५ हजार घरमा क्षती भएको तथ्याकं सार्वजनिक भएको छ । भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here