सुनको मूल्य एकैदिन २३ सय बढ्यो

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सुनको मूल्य एकैदिन प्रतितोला २३ सय रुपैयाँले बढेको छ । गत सोमबार मात्रै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुइ हजार तीन सय रुपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन बजारमा चाँदी तोलामा ९० रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भने, गत सोमबार मात्रै चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here