बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ११:३७ बजे बझाङ केन्द्र भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको बताइएको छ। केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर परकम्प हो ।

गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्पको गएको थियो । आजको धक्का त्यसकै परकम्प भएको केन्द्रले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here