नेपाल र यमनको खेल हेर्ने दर्शकलाई घर फर्किन बसको व्यवस्था

काठमाडौं । विश्वकप छनोटको समूह चरण अन्तर्गत नेपाल र यमनबीच हुने फुटबलपछि दर्शकलाई घर फर्किनको लागि एन्फाले करिब २०‌ वटा बसको व्यवस्था गर्ने भएको छ ।

मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने खेलको टिकटको अर्धकट्टी देखाएर मात्र बसको सेवा लिन पाइनेछ । खेल सकिने बेलासम्म काठमाडौंमा सार्वजनिक यातायात चल्न बन्द भइसक्ने भएकाले उक्त व्यवस्था गरेको एन्फाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here