युवा संघ र दुर्गा प्रसाईं समूहलाई माइतीघर-नयाँ बानेश्वरमा प्रदर्शन गर्न निषेध

काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपाल र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले मंसिर ७ गते बिहीबार गर्न लागेको प्रदर्शन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गर्नका लागि निषेध गरिएको छ ।

दुवै पक्षले मंसिर सात गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको र दुई पक्षको प्रदर्शन एकै ठाउँमा हुदाँ शान्ति सुरक्षामा खतरा हुने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दुवै पक्षसँग छलफल गरेपछि उक्त निर्णय लिएको हो । दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धतासमेत जनाइएको र फरक-फरक ठाउँमा शान्ति सुरक्षा कायम हुनेगरी प्रदर्शन गर्नेछन् । तर, कुन-कुन ठाउँमा प्रदर्शन गर्ने भन्नेबारे भने निर्णय भइनसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here