यमन विरुद्ध भिड्दै नेपाल, दर्शकलाई निःशुल्क बसको व्यवस्था, यस्तो छ रुट

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपाल र यमनबीच खेल हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। नेपाल र यमन यसअघि चार पटक आमनेसामने भइसकेका छन्। सन् २००० मा भएको एशियन कपको छनोट खेलमा नेपाल यमनसँग ३-० गोलअन्तरले पराजित भएको थियो।

यस्तै, सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले २-० को हार बेहोरेको थियो। त्यसपछि सन् २०१७ को एशियन कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो।

यो नै नेपालले यमन विरुद्ध निकालेको अहिलेसम्मको राम्रो नतीजा हो। खेल हेर्न जाने दर्शकलाई निःशुल्क बसको व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here