१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुद्रमा डुब्यो

एजेन्सी । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल ‘ब्ल्याक सी’ मा डुबेको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको जानकारी दिएका छन् ।

रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताए ।

सो क्षेत्रमा आइतबार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजीमा समस्या आएको बताइएको छ ।

उनले प्रतिकूल मौसममा सुधार आएसँगै खोजी कार्य अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here