सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टिम घोषणा

काठमाडौं । केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० का लागि बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरेको छ ।

वाग्मती क्रिकेट संघले मंगलबार सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । टिममा नेपाली राष्ट्रिय टोलीका सन्दीपसँगै प्रतिश जिसी पनि समावेश छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठ पनि बागमतीको टिममा छ । उमेर समूहको कप्तानी गरिसकेका रित गौतम पनि टिममा छन् ।

मंसिर ८ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १२ टिम सहभागी हुनेछन् । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

बागमतीको टोली

सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, राम नरेश गिरी, दिपेश श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here