‘भीपीएन र डीएनएसको प्रयोग असुरक्षित र अवैध, आर्थिक दुरूपयोगका घटना बढ्यो’

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन र डीएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै भीपीएन र डीएनएस प्रयोगले आर्थिक दुरूपयोगका घटना बढिरहेको बताएको हो।

‘भीपीएन र डीएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ सूचनामा भनिएको छ।

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने ब्युरोले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here