विश्वकप छनोट: नेपाल यमनसँग पराजित

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो। यमनलाई जित दिलाउन ओमर अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अल–दाहीले उत्कृष्ट गोल गरे । यस्तै, खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाहले लेफ्ट साइडबाट नेपाल डिफेन्स लाइन तोड्दै ‘चिप’ गोल गर्दै नेपालको खेलमा फर्किने आस तोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here